एक महिने स्वस्थानी ब्रत विधिपूर्वक समापन गरिँदै

सदरलाइन संवाददाता १५ फाल्गुन २०७७, शनिबार १०:१८
 

नेपालगञ्ज : पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत शनिवार विधिपूर्वक समापन गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले शनिवार ब्रत समापन गर्न लागेका हुन् ।


त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

Next Post

अपाङ्ग नवजिवन केन्द्रको १३ औं महाधिवेशन सम्पन्न

१५ फाल्गुन २०७७, शनिबार १०:१८
नेपालगञ्ज : अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको २१ औं साधारण सभा र १३ औं महाधिवेशन सम्पन्न भएको छ । शनिवार अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको २१ औं साधारण सभा र १३ औं महाधिवेशन कोहलपुरमा सम्पन्न भएको हो । अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको १३ औं महाधिवेशनले जंग बहादुर डाँगीको नेतृत्वमा नयाँ […]