मोहम्मद डेलाई दृष्टिगत गर्दै हिरमिनियामा सामाजिक सद्भावको बैठक

२ मंसिर २०७५, आईतवार १५:५३
 
फायल तस्बिर

सदरलाइनडटकम,
डुडुवा (बाँके) : इस्लाम धर्मावलम्बीहरुले मंसीर ५ गते मनाउने मोहम्मद डेलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आज बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सामाजिक तथा धार्मिक सद्भाव समितिले छलफल गरेकोे छ ।
ईलाका प्र्रहरी कार्यालय हिरमिनियामा भएको छलफलमा डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष ओमकारनाथ मिश्र, वडा नं. २३ का अध्यक्ष मोहम्मद हुसेन शेष, बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिँह, प्रहरी नायब निरीक्षक केदारप्रसाद सुवेदी, प्रहरी सहायक निरीक्षक देवबहादुर केसी, विभिन्न धर्मका अगुवा, राजनीतिक दलका प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकले अर्काको धर्मलाई सम्मान गर्नसके समाजमा धार्मिक एकता तथा सामाजिक सद्भाव कायम रहिरहने सहभागीहरुले बताएका थिए । आफ्नो चाडपर्व मनाउन सबै धर्मको अधिकार भएकोले एकअर्काको सम्मान गर्दै चाडपर्व मनाउने वातावरण निर्माण गर्न सहभागीहरुले प्रतिबद्धता जनाएका थिए ।

Next Post

रुकुममा श्रीमती र छोराको हत्या

२ मंसिर २०७५, आईतवार १५:५३
सदरलाइनडटकम, रुकुम : रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिवार राती २ बजे श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा […]