नेपाल–भारत मैत्री बस सञ्चालनमा प्रतिबन्ध

४ चैत्र २०७६, मंगलवार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई दृष्टिगत गर्दै नेपालबाट भारत जाने लामो दूरीका सार्वजनिक यातायातका साधन बन्द गरिएको छ ।
कोरोना भाइरसका कारण भारतमा तीन जनाको मृत्यु हुनुका साथै विभिन्न स्थानमा संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक यातायातका साधनमा प्रतिबन्ध लगाएको हो ।
गृहमन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउन परिपत्र गरेपछि नेपाल–भारत ओहोरदोहोर गर्ने सार्वजनिक यातायातका सवारी साधन सीमामै रोकिने छन् । कोरोना भाइरसको संक्रमण दुवै देशमा फैलिन नदिन दुवै देशबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले गृहमन्त्रालयको परिपत्रसँगै मंगलवार मध्यान्ह १२ बजेदेखि नेपालबाट भारतका विभिन्न स्थानमा सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको बताए ।

Next Post

डुडुवामा दुई स्वास्थ्य चौकी भवनको उद्घाटन

४ चैत्र २०७६, मंगलवार १९:०७
सदरलाइनडटकम, डुडुवा (बाँके) : डुडुवा गाउँपालिका वाडा नं. ६ हिरमिनिया र वाडा नंं. १ होलिया स्वास्थ्य चौकीको नवनिर्मित भवनको मंगलवार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आयोजित छुट्टाछुट्टै समारोहमा दुई वटै भवनको उद्घाटन गरे । नवनिर्मित हिरिमिनिया स्वास्थ्य चौकीको साढे दुई तले भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सम्पूर्ण […]

ताजा अपडेट