कोहलपुरको प्रेस संयोजकमा प्रियास्मृति ढकाल नियुक्त

सदरलाइन संवाददाता ४ कार्तिक २०७९, शुक्रबार १४:५०
 

नेपालगञ्ज : पत्रकार प्रियास्मृति ढकाल बाँकेको कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका छन् । गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो ।

करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् ।


कोहलपुर नगरपालिका–९ का स्थायीबासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन जिल्ला विकास समितिमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको बाढी प्रभावित राजापुर क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य शिबिर

४ कार्तिक २०७९, शुक्रबार १४:५०
राजापुर (बर्दिया) :  बर्दियाको राजापुर बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । गत असोजमा भएको अविरल वर्षातको कारण आएको बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सो शिविर सञ्चालन गरेको हो । राजापुर नगरपालिका वार्डनं ४ को अमर सहिद दशरथ चन्द्र माबिको खेल मैदानमा बिहान ९ बजेदेखि […]