जहाज नउडेपछि सुत्केरी र बृद्धबृद्धा अलपत्र

११ चैत्र २०७६, मंगलवार १४:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेबाट घर हिँडेका डोल्पाबासी नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । सरकारले मंगलवारदेखि देशभर ‘लकडाउन’ गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण विमानस्थलमै रोकिएका हुन् ।
डोल्पाका लागि मंगलवार उडान तालिका रहेको जहाज नउडेपछि टिकट लिएका करीब ५० जना नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । टिकट लिएर पनि जहाज नउडेपछि नेपालगञ्जका होटेलमै बस्नुपरेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताए ।
अझै एक साता बस्नुपरे आफूहरू खर्च सकिएर अलपत्र पर्ने उनीहरुले गुनासो गरेका छन् । अलपत्र पर्ने अघिकांश उपल्लो डोल्पाका नागरिक छन् ।

Next Post

लक डाउनकै बीचमा ९२ नेपाली जमुनाबाट नेपाल प्रवेश

११ चैत्र २०७६, मंगलवार १४:५४
सदरलाइनडटकम, नेपालगञ्ज  : कोरोना भाईरसको संक्रमणका कारण मुलुक लक डाउन भए पनि बाँकेमा भारतबाट नेपालतर्फ आउने नेपालीहरुको क्रम रोकिएको छैन । नेपाल सरकारले नेपालभर लक डाउन लागु गरे पनि भारतका विभिन्न सहरहरुबाट नेपालतर्फ आउने नेपालीहरु अझैं रोकिएका छैनन् । मंगलबार मात्र ९२ नेपालीहरु जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन । […]

सम्बन्धित