क्रिकेट प्रतियोगितामा वडा ३ र २३ फाइनलमा

१ असार २०७६, आईतवार १९:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३ र २३ फाइनलमा प्रबेश गरेका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा आइतवार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नम्बर ८ लाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ३ ले १५ ओभरमा ७ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका लागि मुजिब अन्सारीले ३८,गणेश क्षेत्री १५,सोयव हल्वाइले १२ रन जोडे । ८ का बलर जानू कसगर र मनिश जैसवालले समान २–२ विकेट लिए । जवाफि व्याटिङगमा आएको वडा नं. ८ ले १२ ओभर ४ बलमा अल आउट हुँदै ८७ रन मात्रै बनायो । उसका लागि अब्रार शेकले १७ र अनुपम सिंह ले १६ रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रशर्सन गर्न सकेनन् । ३ का बलर विकेट मुजिब अन्सारी ले ३, असरद सिदिकी ले र दिल साद अन्सारीले २–२ विके लिए । खेलमा मुजिब अन्सारी म्यानअफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा वडा न २३ विजयी हुँदै फाइनल प्रवेश गरेको छ। । प्रतियोगिताको दोस्रो सेमिफाइनल उसले वडा नम्बर २२ लाई ५ बिकेटले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेकोले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउंदै १ सय २ रन वनायो । उसका लागि कुमार अलि साइले ३०, बोनोद साहुले १९, अनुप बर्माले १८ रनको पारी खेले । २३ का बलर अनिश शेख ले ३ साहिद शेखले २ विकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं २३ ले १३ ओभर २ बलमा ५ विकेटको नोक्सानीमा बिजयी लक्ष्य भेटायो । उसका लागि सहिद शेखले ५०,मसेबी शेखले १८ रन जोड्दै टिमलाई जित दिलाए । २२ का बलर सुन्नी गोडियाले ३ र अजाद शेखले २ विकेट लिए । खेलमा सहिद शेख म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा मंगलवार फाइनल खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १४ जनाले नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो ।

Next Post

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड (पूर्णपाठ)

१ असार २०७६, आईतवार १९:२६
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क  : प्रदेश पाँचका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शंकर पोखरेलले प्रदेश नं. ५ को आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट भाषणमा प्रदेशको बजेट सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशसभा वैठकमा कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै […]

सम्बन्धित