कोरोना विरुद्धको खोप मानिसमा परीक्षण

४ चैत्र २०७६, मंगलवार १३:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अमेरिकाको वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो ।
कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरिएको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरमा कुनै असर नगर्ने बताइएको छ । विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन भने अझै धेरै महिना लाग्ने बताएका छन् ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ ।
यसैबीच कोरोनाभाइरसबाट बच्नका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन् । सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेको बिबिसीले जनाएको छ । प्रायः रूमटोइड आर्थराईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि ४ सय बिरामीमा परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ ।

Next Post

कोरोनाले भारतमा तेस्रो व्यक्तिको मृत्यु, ताजमहल बन्द

४ चैत्र २०७६, मंगलवार १३:३९
सदरलाइनडटकम, काठमाण्डौ : कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ । महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा […]