शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ

सदरलाइन संवाददाता ६ बैशाख २०८०, बुधबार १४:२०
 

दाङ : दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका संचालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारीरिक सम्बन्ध राख्न लगाएको र इन्कार गर्दा पनि डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा भुषाललाई यही वैशाख ४ गते दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७९ साल मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीको लाठी लागेर डोल्पामा वडाअध्यक्ष गम्भीर घाइते

६ बैशाख २०८०, बुधबार १४:२०
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते भएका छन् । ठूलीभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिता अन्तर्गत चौथो दिनमा भएको फुटबल खेलमा खेलाडीबीचको विवाद नियन्त्रणमा लिनेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका –३ र […]