सेवा प्रवाहलाई प्रभावकारी बनाउन खजुराद्वारा अनुगमन तीब्र

सदरलाइन संवाददाता १७ माघ २०८०, बुधबार १४:१४
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्र रहेका मातहतका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिएको छ ।

गाउँपालिकाभित्र रहेका वडा कार्यालय र स्वास्थ्य चौकीमा अनुगमन गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिइएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

नागरिकलाई वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट सेवा प्रवाह सही ढङ्गले भए नभएको निरीक्षण गर्दै प्रमूख प्रशासकीय अधिकृत रानाले नागरिकलाई दिइने सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न वडा तथा स्वास्थ्य चौकीका कर्मचारीलाई निर्देशन समेत दिएको बताए ।


प्रमुख प्रशासकीय अधिकृत रानाले अनुगमनका क्रममा खजुरा गाउँपालिका वडा नं.१ वडा कार्यालय राधापुर स्वास्थ्य चौकी, वडा नं.२ को वडा कार्यालय सितापुर स्वास्थ्य चौकी वडा नं. ३ मा रहेको खजुरा प्राथामिक स्वास्थ्य केन्द्रमा पुगेर अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत रानाले गाउँपालिकाको पहिलो प्राथमिकता भनेकै छिटोछरितो सेवा प्रवाह गर्नु नै भएकाले नागरिकहरुसँग सेवा सुविधा प्राप्त गर्ने क्रममा कुनै बाधा अवरोध नभएको बारे सोधखोज गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत रानाले भने, ‘हाम्रा सबै कर्मचारीहरुले सेवा प्रवाहको कुरामा कुनै पनि सम्झौता गर्नु भएको छैन, कहिँकतै भएको भए सुधार गरेर अघि बढ्नुहोस्, आगामी दिनमा पनि सेवा प्रवाहमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनटीभीको ३९औं बार्षिकोत्सव कोहलपुरमा सम्पन्न

१७ माघ २०८०, बुधबार १४:१४
कोहलपुर (बाँके) : नेपालमा पहिलो टेलिभिजन च्यानलका रुपमा २०४१ सालदेखि प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनले आफनो ३९ औं बार्षिकोत्सव एक भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कोहलपुर प्रशारण केन्द्रको सभाहलमा लुम्विनी प्रदेशका गृह मन्त्रि सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा कोहलपुर प्रशारण केन्द्रले आफनो ३९ औं जन्म जयन्ति मनाएको हो […]