कैलालीका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १६ कार्तिक २०७७, आईतवार ०८:०६
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमित कैलालीका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । टिकापुर नगरपालिका वडा नम्बर १, कैलालीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती १ बजे मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते अस्पतालको प्री–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा १४ गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र १५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो ।


कोरोना पुष्टि भएपछि उनलाई अस्पतालको कोभिड १९ वार्डमा भर्ना गरि उपचार शुरु गरिएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यो सँगै बाहिरी जिल्लाबाट कोरोना उपचार गर्न बाँके आएर मृत्यु हुनेको संख्या २० पुगेको छ ।

बाँकेमा हिजो मात्रै ३ जना संक्रमितको एकैदिन मृत्यु भएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेका एक र दाङका दुई गरी ३ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

Next Post

बाँकेमा थप ६० जना घर फर्के

१६ कार्तिक २०७७, आईतवार ०८:०६
नेपालगञ्ज : बाँकेमा आइतवार ६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र २४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]