शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु : डिएसपी मल्ल

सदरलाइन संवाददाता २७ चैत्र २०७८, आईतवार १७:१८
 

नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरका नव नियुक्त प्रमुख डिएसपी ऐन बहादुर मल्लले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

ईलाका प्रहरि कार्यालय कोहलपुरमा आइतवार आयोजित पत्रकार सम्मेलन सम्पन्नमा उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै डिएसपि मल्ल भने “कोहलपुरमा बड्दो क्रममा रहेको लागूऔषधका घटनालाई निराकरण गर्न प्रहरी अहोरात्र खट्ने, सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रहरी परिचालन गर्ने र स्थानीय निकायसँग सहकार्य गर्ने र आसन्न निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न ईलाका प्रहरी कार्यालय कोहलपुरले कुनै पनि कसर बाकी नराख्ने” प्रतिबद्धता गरे ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम प्रकाश चौधरी, पत्रकार महासघ बाकेका अध्यक्ष दामोदर भण्डारीलगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उनी यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रमुखको रुपमा केही महिना नेतृत्व सम्हालेका प्रहरी अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारको ठक्करबाट बाँकेमा तीन जनाको मृत्यु

२७ चैत्र २०७८, आईतवार १७:१८
नेपालगञ्ज : कारको ठक्करबाट नेपालगञ्जमा तीन जनाको मृत्यु भएको छ । आइतवार राती पौने १२ बजे नेपालगञ्जको विपी चोक र धम्बोझी चोकको बीच सडकमा हिँडिरहेका तीन जनालाई कारले ठक्कर दिँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कारकाँदोबाट गणेशमान चोकतर्फ गइरहेको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको […]