सदरलाइनडटकम,
नेपालगञ्ज : पौडी खेल्न लागेको बाँकेमा एक जना बेपत्ता भएका छन् । पिकनिक मनाउन बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयामा गएका बेला पौडी खेल्न लाग्दा एक जना बेपत्ता भएका हुन् ।
कोहलपुर घर भई अगैयामा ब्यवसाय गर्दै आएका ४२ वर्षीय शिव शर्मा वेपत्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह शनिवार पिकनिक मनाउन गएको बेला पौडी खेल्न भनि गएका शर्मा लामो समयसम्म पनि नफर्किएपछि प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरु शर्माको खोजीमा जुटेका छन् ।
