कोरोना भाइरस महामारीनै भएको पुष्टि

२९ फाल्गुन २०७६, बिहीबार १२:१०
 

सदरलाइनडटकम,
काठमाण्डौ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड १९ भनिने कोरोना संक्रमणबाट महामारी निम्तिएको पुष्टि गरेको छ । चीनको हुबेइस्थित उहान शहरबाट फैलिएको भनिएको कोरोना संक्रमणका कारण हालसम्म विश्वर ४ हजार ६ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ लाख २६ हजार १ सय ४५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ५ हजार ७ सय ९ जनाको अवस्था गम्भीर रहेको छ ।
मानवीय हताहती बढ्दै गएपछि डब्ल्यूएचओले कोरोना महामारी नै भएको पुष्टि गरेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस आद्नोम घेब्रेयाससले चीनबाहिर मात्रै पछिल्ला दुई हप्ताभित्र संक्रमण दर १३ गुणाले बढेको उल्लेख गरेका छन् । उनले भने, कोरोनाले निकै गम्भीर अवस्था निम्त्याएको छ, संक्रमण खतरनाक स्तरमा पुगेको छु ।
विश्वका विभिन्न देशमा एकैसाथ फैलने रोगलाई महामारी भनिन्छ । अहिलेसम्म कोरोना विश्वका १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ । कोरोनाका कारण धमाधम मानिसहरुले ज्यान गुमाउन थालेपछि इटालीले केही घण्टाअघि मात्रै खाद्यन्न र औषधीपसल बाहेकका सबै कारोबारस्थल र मानवीय गतिविधीमा प्रतिबन्ध लगाइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गरेपछि विश्वभरको शेयर बजारमा गिरावट देखिएको छ । यता, महामारी घोषणा गरेपनि अहिले कोरोना रोकथामका लागि विभिन्न देशहरुले गरिरहेको प्रयासमा कुनै परिवर्तन नहुने डब्ल्यूएचओले उल्लेख गरेको छ ।
तर कोरोना नियन्त्रणका लागि सरकारहरुलाई डब्ल्यूएचओले जरुरी र आक्रामक कदम चाल्न आग्रह गरेको छ । महामारी पुष्टि गरेपनि विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई ठूलो आश्चर्य नभएको बताएको छ ।
विश्वको स्वास्थ्य नियमन गर्ने प्रमुख संस्थाले यसलाई खतरा या सम्भावित महामारीकै रुपमा लिइरहेको छ । यद्यपी यो महामारीलाई नियन्त्रणमा लिन सकिने पनि डब्ल्यूएचओले जनाएको छ ।

Next Post

लखनऊमा भेटिए कोरोना संक्रमित

२९ फाल्गुन २०७६, बिहीबार १२:१०
सदरलाइनडटकम, काठमाण्डौ : भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । क्यानडाबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ती महिला लखनऊमा रहेका आफन्तलाई भेट्न आएकी थिइन् । तर ती महिलाका पतिको रिपोर्ट नेगेटिभ आएको छ । महिलालाई केजीएमयूको […]