एक्स्पोबारे नेपालगञ्जमा अन्तरक्रिया

१८ फाल्गुन २०७५, शनिबार १९:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल फोटो पत्रकार महासंघले चैतको अन्तिम साता राजधानीमा आयोजना गरिने प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पोबारे शनिबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
महासंघले एक्स्पोमा बृहत फोटो प्रदर्शनी पनि गर्ने महासंघका महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिए ।
महासंघका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष रुद्र सुवेदीले सहजिकरण गरेको सो कार्यक्रमा फोटो प्रदर्शनीका लागि महासंघले ‘सुन्दर नेपाल’ र ‘नेपालको लोकतान्त्रिक आन्दोलनको झलक’ शीर्षकमा देशैभरबाट फोटो आव्हान पनि गरेको छ ।
दर्शकको रोजाइमा परेका उत्कृष्ट १० फोटोलाई नगद पुरस्कारका साथै विश्व प्रसिद्ध ब्राण्डका क्यामेरा तथा उपकरण प्रदान गरिने महासंघका उपाध्यक्ष सागर श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारु, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, मुद्रण व्यवसायी संघका केन्द्रीय सदस्य मीना ढकाल लगायतले धारणा राखेका थिए ।


Next Post

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

१८ फाल्गुन २०७५, शनिबार १९:५४
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आइतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका […]