भारतबाट घरफर्कने नेपालीको संख्या घट्दो

२० असार २०७७, शनिबार ०८:४४
 
                                                                 फाईल फोटो

सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउनको बेलामा भारतबाट जमुनाह नाका हुँदै आउनेको संख्या बिस्तारै घट्न थालेको छ । सुरुका दिनमा दैनिक २ हजार बढी दैनिक आउने गरेको सो नाकाबाट अहिले भने ३ सयको हाराहारीमा आउने गरेको पाईएको छ ।

भारतबाट आउने नेपालीलाई सीमा क्षेत्रमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरमा राखेर उनीहरुलाई प्लान नेपालको आर्थिक सहयोगमा साथी संस्थाको पहलमा मनोसामाजिक विमर्श दिनुको साथै बाँके युनेस्को क्लवले तयारीखाना र हाईजिङ्ग किट बितरण गर्दै आएको छ ।

यसैगरी रेडक्रशले युनिसेफको आर्थिक सहयोगमा बेखर्चीलाई घरसम्म पुराउने व्यवस्था मिलाउदै आएको छ ।

जिल्ला प्रशसन कार्यालय बाँकेले असार १९ गतेका दिन भारतबाट जमुनाह नाका हुँदै ३ सय ३ जना आएको र यी मध्ये १ सय २४ जना कर्णाली प्रदेशका रहेको जनाएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जनाकारी अनुसार होल्डिङ्ग सेन्टरमा ४ जना रात्रीबास बसेका छन भने जमुनाह नाका हुँदै १ सय ५० जना भारत प्रवेश गरेका छन् ।

बाँकेको जमुनाह नाकामा स्थापना गरेको होल्डिङ्ग सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको समेत सक्रियतामा सो होल्डिङ्ग सेन्टरमा भारतबाट आउने यात्रुलाई सुरक्षित तरिकाले उनीहरुको गन्तब्यसम्म पठाउने व्यवस्था गरिनुको साथै तयारी खानापानी बितरण, सवारी साधनको पास, सुरक्षा जाँच, मनोसामाजिक विमर्श गरेर गन्तब्यमा पठाउने गरिन्छ ।

बाँकेमा प्लान ईन्टरनेशनल तथा अन्य सहयोगी संस्थाहरुको सहकार्यमा नेपालगञ्जको जमुनाह नाकामा र कोहलपुमा होल्डिङ्ग सेन्टर स्थापना गरी सेवा प्रवाह गरिदै आएको छ ।

Next Post

टिप्पर दुर्घटनामा दुईको मृत्यु

२० असार २०७७, शनिबार ०८:४४
सदरलाइनडटकम, प्युठान : टिप्पर दुर्घटना हुँदा प्युठानमा दुई जनाको मृत्यु भएको छ । ना ७ ख ८९३८ नम्वरको टिप्पर सरुमारानी गाउँपालिका ६ मोतिपुरमा शनिवार दुर्घटना हुँदा नौबहिनी गाउँपालिका ६ का टिप्पर चालक ३० वर्षका रोशन थापा र सोही ठाउँका ३५ बर्षीय सहचालक झगबहादुर पुनको मृत्यु भएको हो । नौबहिनीको लुप्लुङबाट […]