सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझाचोकमा अज्ञात समुहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
अज्ञात समुहले गएराती राँझा विमानस्थल जाने चोकदेखि सय मिटर उत्तर राजमार्गमा बम राखिएको भए पनि बिहीबार बिहान ९ बजे मात्र राँझामा रहेको नेपाली सेनाको भैरवप्रसाद गणबाट खटेको टोलीले सो बम डिस्पोज गरेको थियो ।
नेपाली सेनाका उपसेनानी मोहन वलीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर ९ः४५ मा सो बम डिस्पोज गरेको हो । बम शक्तिशाली बकेट बम भएको बम डिस्पोजल टिमका उपसेनानी ओलीले जानकारी दिए । सो बमका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।
