तालिबान सरकारभित्र विवाद चर्कियो, सह–संस्थापकले काबुल छाडे

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १३:१६
 

काठमाण्डौ : अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह(संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । मन्त्रीमण्डलमा अमेरिका लगाइतका देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् ।


उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले घटनाबारे जानकारी दिएका बीबीसीले जनाएको छ । बरादर तालिबान सरकारको संरचनालाई लिएर खुशी नभएको बताइएको छ । अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो ।

उनले राजधानी काबुल छाडिसकेको र कन्दाहार गएको दाबी गरिएको छ । यस्तै तालिबानका एक प्रवक्ताले पनि शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरगञ्ज आइपुग्यो पहिलो निजी मालवाहक रेल

३० भाद्र २०७८, बुधबार १३:१६
काठमाण्डौ : नेपाल–भारत रेल सेवा शुरुवातको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको मालवाहक रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर […]

सम्बन्धित