सार्वजनिक शौचालय व्यवस्थित गर्नेबारे छलफल

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १४:४०
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंग सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको हो ।

सार्वजनिक शौचालयको प्रयोगलाई व्यवस्थित बनाउँदै सरसफाई, मर्मत–सम्भार लगायतका विषयमा ध्यान दिन आवश्यक रहेको सरोकारवालाको भनाई छ । आकर्षक सार्वजनिक शौचालय निर्माण गरिन्छ । तर, आवश्यक व्यवस्थापन र रेखदेखको अभावमा जीर्ण बन्दै जाने समस्या छ ।

यिनको टिकाउको लागि कार्ययोजना बनाउन आवश्यक देखिन्छ । शौचालय सञ्चालन खर्च व्यवस्थापनका लागि कुन मोडेलमा कसरी जान सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच मन्थन भएको छ । शौचालय सेवामुखी भएपनि दीर्घकालीन खर्च ब्यवस्थापनका लागि न्यूनतम शुल्क लिँदै नागरिकको दायित्वबोध समेत बढाउन आवश्यक रहेको आवश्यकता औंल्याइएको छ ।

छलफल पश्चात नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा एसएनभी नेपालले पुनःनिर्माण गरेका दुई वटा सार्वजनिक शौचालयको निरीक्षण पनि गरिएको छ । भेरी अस्पताल र मासुमण्डीको छेउँमा रहेका दुई वटा शुलभ सार्वजनिक शौचालयको निरीक्षण गरिएको हो ।


१८ लाख लागतमा ती शौचायलको पुनः निर्माण गरिएको एसएनभी नेपालले जनाएको छ । भेरी अस्पतालको छेउँमा रहेको शौचालयमा स्नान गृहको पनि व्यवस्था गरिएको छ । शौचालयलाई अपांगमैत्री पनि बनाइएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, भौतिक पूर्वाधार समिति संयोजक बसन्त कनोजिया, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख लगायत उपस्थित थिए ।

एसएनभी नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा वास एसडिजी र गेरुवा ग्रामीण जागरण संघको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चाहेर पनि समाज परिवर्तन गर्न सकिएन : मन्त्री यादव

२ फाल्गुन २०८०, बुधबार १४:४०
नेपालगञ्ज : लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री भण्डारीलाल यादवले आफुले चाहेर पनि समाज परिवर्तन गर्न नसकेको बताएका छन् । विकास निर्माण र समाजका हरेक परिवर्तन गर्न खोज्दा भ्रष्टहरुको जालो च्यात्न निकै कठिन भएको उल्लेख गर्दै मन्त्री यादवले सीमित अधिकार, अधुरा कानुनले गर्दा आफुले भूमिहीन किसान तथा सुकुम्बासीहरुका समस्या […]