बालबालिकाको पढाई सिप विकासका लागि टोल पढाई समुहहरु सक्रिय

५ फाल्गुन २०७३, बिहीबार ११:३८
 

सपना विष्ट/सदरलाइन  
५ फागुन, नेपालगन्ज : बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकालाई पढ्ने सिप बढाउन गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताको कारण बालबालिकाको पढाई सिपमा सुधार आउने अपेक्षा गरिएको छ ।
जिल्लाका बालबालिकाको पढाई सिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका विभिन्न टोल पढाई समुहले अहिले स्थानीय पढाई सामाग्री निर्माणमा समेत ब्यस्त रहेका छन् ।
युएसएआईडिको आर्थिक सहयोग शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वय र स्थानीयरुपमा बाँके युनेस्को क्लवले बालबालिकाहरुको पढाई तथा सिकाईलाई प्रोत्साहित गर्ने उदेश्यले हाल स्थानीय रुपमा सबै टोल पढाई समुह मार्फत पढाई सामाग्रीहरु निर्माण कार्यलाई तीव्र गतिमा अगाडी बढाई रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।
क्लबका अध्यक्ष सिद्दिकीले बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउन जिल्लामा ६ सय ७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूह मार्फत बालबालिकाको पढाई सिप सुधारमा सक्रिय रुपमा लागेको बताएका छन् ।
उनले युएसएडको आर्थिक सहयोगमा बाँकेका ३ सय ५९ वटा विद्यालय र मदरसामा संचालन गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत टोल पढाई समुहले विद्यालय बिदाको दिनमा, चाडपर्वको बेलामा वा विद्यालय अघिपछि खेलेर बिताउने समयलाई बालबालिकाले टोल पढाई समूहको सहयोगमा पढ्ने तथा सिक्ने गरी पढाउन शुरु गरिएको स्पष्ट पारे ।



यसैविच बाँकेमा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमको संयुक्त जिल्ला अनुगमन समितिले विभिन्न टोल पढाई समुहको स्थलगत अनुगमन गरेको छ ।
बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाको नेतृत्वमा बिभिन्न कार्यालयका प्रतिनिधि र पत्रकार सम्मिलित रहेको अनुगमन समितिले जिल्लाको गनापुर गाविसमा रहेको दारुलउलुम गुलशने इस्ताकिया गनापुर टोल पढाई समुह र महादेवपुरी बालापुरमा रहेको शिवशक्ति टोल पढाई समुहलगायतको अनुगमन गरेको थियो ।
टोल पढाई समुहमा आवद्ध समुदायका अगुवाहरुले आफ्ना बालबालिकाको पढाई सिप सुधारका लागि निकै परिश्रम गरेको र स्थानीयस्तरमा पढाई सामाग्री निर्माणको कार्य राम्रो तरिकाले भैरहेको पाईएको अनुगमनपछि सहायक जिल्ला शिक्षा अधिकारी थापाले बताए । उनले टोल पढाई समुहको सक्रियताले बालबालिकाको पढाई सिप सुधार हुने संकेतहरु देखिन थालेको बताए ।
दारुलउलुम गुलशने इस्ताकिया टोल पढाई समुह गनापुरका संयोजक ईद्रिसी सल्मानीले टोल समुह गठन गरिएपछि पढाईमा बालबालिकाको चासो बढेको बताइन् । उनले समुह गठन भएपछि विदाका दिनमा बालबालिकालाई पढाउन सहज भएको जनाईन् ।
अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति बिष्णु पौडेल, गैर सरकारी संस्था महासंघका क्षेत्रीय अध्यक्ष प्रमोद रिजाल, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान लगायतले सहभागिता रहेको थियो ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३ सय ५९ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने ६२ हजार बालबालिकाको शैक्षिक सिप विकासमा सहयोग गरिरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बैजापुरमा दुईदिने विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर (फाटो कथा सहित)

५ फाल्गुन २०७३, बिहीबार ११:३८
सदरलाइनडटकम   ५ फागुन नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको सहयोग तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बाँकेको बैजापुर–९ मा दुईदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । राष्ट्रिय अधारभूत विद्यालय बैजापुर–९ मा आयोजना गरिएको सो शिविरको बाँके निर्बाचन क्षेत्र नं.१ बाट निर्वाचित सांसद देवराज भारले १०८ वर्षिय जेष्ठ […]

सम्बन्धित