बेवारिसका लाागि नेपालगञ्जमा ‘बा आमा’ घर

सदरलाइन संवाददाता ७ मंसिर २०७७, आईतवार १७:००
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोको भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ । बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगञ्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।

अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिकरुपमा शनीबार आश्रम शुभारम्भ गरेको हो । एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गरे । अध्यक्ष सीटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँजीवनको पहल चुनौतीपूर्ण रहेपनि सामुहीक सहकार्यले सहज बनाउने विवास व्यक्त गरे ।

कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनिधी राजु गुरुङ, नेपाल पत्रकार महासंघ लुम्वीनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाहीले आश्रम सञ्चालनको सफलताको शुभकामना दिएका थिए ।


बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालयकी सह सचिव पुनम गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गरेका थिए ।

केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार केन्द्रले हालसम्म १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिसकेको छ । हाल भेरी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ भने ४ जनाको शव व्यवस्थापन गरिसकिएको छ ।

Next Post

नदीजन्य पदार्थ विक्रि वितरणमा रोक

७ मंसिर २०७७, आईतवार १७:००
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय, बाँकेले खोला तथा नदीजन्य पदार्थ उत्खनन् एवम् विक्रि वितरणमा रोक लगाएको छ । गृहमन्त्रालयको निर्देशनमा बाँके प्रशासनले ७ मंसिरदेखि लागु हुने गरि खोला तथा नदीजन्य पदार्थ उत्खनन्, भण्डारण तथा विक्रि वितरण नगर्न नगराउन उर्दी जारी गरेको छ । गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयनका लागि […]