बाँकेमा स्थानीय तहको कार्यान्वयन सुरु सबै गाउपालिकामा प्रमुख तोकियो

२७ फाल्गुन २०७३, शुक्रबार ११:१७
 

सदरलाइनडटकम   
२७ फागुन, नेपालगन्ज  : संविधान कार्यान्वयनको लागि राज्यको पुनःसंरचना आयोगले फागुन २७ गतेदेखि लागू हुने गरी तोके अनुसार स्थानीय निकायको सिमांकन र केन्द्रको कार्यान्वयन गर्न सुरु भएको छ । बाँकेमा कायम गरिएका एक उप–महानगरपालिका, एक नगरपालिका र ६ गाउपालिकाको कायम गरिएको केन्द्रमा प्रमुख तोकेर कामअघि बढाईएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत रहेको स्थानीय निकाय अब स्थानीय तहमा परिणत हुने भएका छन् । बाँकेका स्थानीय बिकास अधिकारी हरि प्याकुरेलले राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको स्थानीय तह अनुसार बाँकेमा एक नगरपालिका, एक उप–महानगरपालिका र ६ गाउपालिका कायम गरिएको बताए ।
उनले भने–‘ंसंविधानको कार्यन्वयनको लागि राज्य पुनः संरचना अयोगले राजपत्रमा सूचना निकाले संगै बाँकेमा पनि स्थानीय निकायको कार्यान्वयन गरिएको छ ।’ उनले अव जिल्ला विकास समिति बाँकेलाई जिल्ला समन्वय समितिको कार्यालय बाँके नेपालगन्ज, ५ नंबर प्रदेश कायम रहने जानकारी दिए ।
बाँकेमा छ वडा रहने गरी नरैनापुर मै केन्द्र रहेको नरैनापुर गाउपालिकामा स्माईल खाँलाई प्रमुख तोकिएको छ ,बनकट्टीमा केन्द्र रहने गरी ५ वडा रहेको डुडुवा गाउपालिकामा नन्दकिशोर मिश्रलाई पठाईएको छ ,अगैयामा केन्द्र रहने गरी ९ वडा सहितको राप्ती सोनारी गाउपालिकामा दिलाराम रानालाई तोकिएको छ , ८ वडासहित बनकटवामा केन्द्र रहने गरी बैजनाथ गाउपालिमा दिपक पौडेलललाई प्रमुख तोकीएको छ ।
यसैगरी सन्तकुटीमा केन्द्र रहने गरी ८ वडाको खजुरा गाउपालिकाको प्रमुख बिरेन्द्र माझि, बाबाकुट्टीमा केन्द्र रहने गरी ६ वडाको जानकी गाउपालिकाको प्रमुखमा नवराज शाह, कोहलपुरमा केन्द्र रहने गरी १६ वडाको कोहलपुर नगरपालिकामा साविककै कार्यकारी प्रमुख र नेपालगन्जमा केन्द्र रहने गरी २८ वडाको नेपालगन्ज उप–महानगरपालिकाको कार्यकारी प्रमुखलाई नै कायम गरिएको छ ।
स्थानीय राजनीतिक दल लगायतको सिफारिसमा निर्धारण गरिएको गाउपालिका, नगरपालिका र उप–महानगरपालिका को कार्यान्वयन   शुक्रबारदेखि नै राज्य पुन संरचना आयोगले तोके बमोजिम गरिएको स्थानीय विकास अधिकारी प्याकुरेलले जानकारी दिए ।



उनले भने–‘ बाँकेमा कायम भएका एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउपालिकामा आयोगले तोकेको अनुसार अफिसर तहको कर्मचारीलाई प्रमुख बनाउदै जिम्मेवारी तोकेर पठाउने तयारी गर्दै उनीहरुलाई अभिमुखिकरण समेत सुरु गरिएको छ ।’
बाँकेमा केन्द्र र नामका विषयमा स्थानीय तहबाट केही विरोध भएको भएपनि लामो समयसम्म आन्दोलन गर्दै आएका हिरमिनिया गाविसको ७ नं. वडालाई बाहेक नेपालगन्ज उममहानगरपालिकाबाट हटाई डुडुवा गाउपालिकामा समावेश गरिएको र साविक अमर गाउपालिकाको नामांकन गरिएकोमा खजुरा गाउपालिका कायम गरिएको स्थानीय शाशन विज्ञ समेत रहेका जिविस बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युरोप–अमेरिका नेपाली जहाज पुर्याउने नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रीको दावी

२७ फाल्गुन २०७३, शुक्रबार ११:१७
सदरलाइनडटकम २७ फागुन, काठमाण्डौ :  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनका विषयहरु नागरिकता, भाषा राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाईले पारित गर्ने सहमतिका साथ आफूहरु सरकारमा गएको स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गिरीले भने,‘अहिले तीन वटा विषयमा मात्रै हाम्रो […]