भारतबाट ल्याईएको कुखुराको मासु नियन्त्रणमा

९ फाल्गुन २०७४, बुधबार १९:२९
 

सदरलाइनडटकम 
९ फागुन नेपालगन्ज : भारतबाट लुकाई छिपाई ल्याइएको कुखुराको मासु प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरीले कुखुराको अवैध ६ क्वीन्टल मासु प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेको सो मासु डिके मिट सप्लायर्सले भारतबाट लुकी छिपि ल्याएर नेपालगन्जमा भण्डारण गरी काठमाण्डौ तथा अन्य स्थानमा पठाउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
डिके मिट सप्लायर्सले यस अघि पनि ठूलो परिमाणमा अबैध रुपमा सिधा बाटो ल्याउदै गर्दा नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएर कारवाही चलाएको थियो । भारतमा बर्ड ल्फु फैलिएपछि भारतबाट पन्छी तथा पन्छीजन्य उत्पादन नेपाल ल्याउन प्रतिबिन्ध लगाएको छ ।
राज्यबाट ईजाजत लिएर आमनागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी व्यावसायिक गतिबिधि  गर्दै आएको फर्म तथा व्यक्तिलाई कारवाही नगरी पहुँचको आधारमा छाड्ने परिपाटीले यस्ता कार्यले प्रसय पाउने गरेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उप–महानगरपालिका ४ सल्यानी बगंला नजिकै भारतबाट लुकाईछिपाई ल्याएको अवैध कुखुराको मासु नियन्त्रणमा लिएको हो ।
प्रहरीले मासुसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि संबन्धित निकायमा पठाएको जनाएको छ । भारतबाट थोरै परिमाण ल्याई जम्मा गरेर गाडिमा राखेर अन्यन्त्र लैजाँदै गरेको अवस्थामा गाडीसहित मासुलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए ।
अवैध मासु नेपालगन्जको धम्बोझीमा रहेको डिके मिट सप्लायर्सको रहेको बताइएको छ । प्रहरी निरीक्षक गौतमका अनुसार डिके मिटका एक कर्मचारी र अवैध मासु ल्याउने एक जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
डिके मिटले नेपालगन्जबाट पोखरा, काठमाडौं लगायतका ठूला शहरहरुमा मासु पु¥याउने काम गर्दछ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मानिससहित मासुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।
यसअघि पनि अवैध तरिकाले मासु आयात हुँदै आएको जनगुनासो आएको थियो । बिना क्वारेन्टाईन चेक गरी मासु ल्याउँदा मानव स्वास्थ्यलाई हानी पु¥याउने भन्दै सीमामा कडा जाँच गर्न आग्रह गरेका छन् ।

Next Post

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

९ फाल्गुन २०७४, बुधबार १९:२९
सदरलाइनडटकम  ९ फागुन, नेपालगन्ज  :  उपभोक्तालाई स्वस्थ्य मासु खुवाउनका लागि मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि तालिम सुरु भएको छ । अस्वस्थ्य मासुले मानव जीवनलाई हानी पु¥याउने भन्दै नागरिकको स्वास्थ्यलाई पाच्य हुने मासु उत्पादन सम्बन्धी पाँच दिने तालिम सुरु भएको हो बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला […]