धुमधामका साथ तमु ल्होसार मनाईंदै

१५ पुष २०७५, आईतवार १६:१०
 

सदरलाइनडटकम,
काठमाण्डौ : गुरुङ समुदायले पुरानो वर्षको बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । पर्वका अवसरमा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मदत गरेको उल्लेख छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्म्निरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको बताए । उनले विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नसकेको भन्दै अब आर्थिक विकास र समृद्धिको यात्रा सरकारले प्रारम्भ गरेको स्पष्ट पारेका छन् ।

Next Post

नेपाल मुद्रण उद्योगको सम्मान तथा वनभोज कार्यक्रम

१५ पुष २०७५, आईतवार १६:१०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल मुद्रण उद्योग संघ बाँकेले नेपाल मुद्रण उद्योग महासंघका नव निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । बाँकेको पर्यटकिय स्थल गाभर भ्यालीमा आयोजित भेटघाट तथा वनभोज कार्यक्रममा सो सम्मान गरिएको हो । नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष कुसुम बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि हालै […]

सम्बन्धित