बैबाहिक वार्षिउत्सवमा आश्रयबिहिनहरुसंग सहभोज

२२ माघ २०७६, बुधबार १९:४९
 

सदरलाइनडटकम,
नेपालगन्ज : बाँकेका एक पत्रकारले ब्रतबन्ध, बिबाह, बार्षिउत्सव, जन्मोत्सव गर्दा होटल र रेष्टुरेण्टहरुमा भब्य भोज गर्ने परम्परालाई त्याग्दै बिबाहको बार्षिकोत्सवमा दिनदुखी र आश्रयबिहिनहरुसंग सहभोजको परम्परा सुरु गरेका छन् ।
आफ्नो बिबाहको २५ औ वार्षिक उत्सवका अवसर पारेर नेपालगञ्जमा रहेको निलसागर सेवा आश्रममा आश्रित ७० जना आश्रितहरुलाई खाना खुवाएर आफ्नो बैबाहिक उत्सव मनाएका छन् । एबिसी न्युज टेलिभिजन प्रदेश नम्बर ५ का ब्यूरो रिपोर्टर शरण कर्माचार्यले बुधवार आश्रममा रहेका ७० बढी अशक्त, बेसहारा र सडक आश्रीत नागरिकहरुलाई दिवाभोज दिएर बार्षिकोत्सव मनाएका हुन् ।
३ वर्ष पहिलेदेखि सञ्चालनमा आएको आश्रममा ५५ जना अशक्त, बेसहारा, बुद्धबृद्धा, साहारा बिहिन महिला तथा १२ जना अनाथ बालबालिकाले आश्रय लिईरहेका छन् । आश्रम संचालनको लागि स्थायी आयश्रोत नभएका कारण घरभाडा तिर्न तथा नियमित आश्रीतहरुलाई खाना, खाजा साथै लत्ताकपडामा समस्या पर्दै आएको अनश्रमका संचालक सरिता खनालले बताईन् ।
स्थानीय सरकारबाट प्राप्त सिमित अनुदान र स्थानीय दाताहरुको सहयोगबाट आश्रम संचालन भईरहेको छ ।
सहभोज कार्यक्रममा बोल्दै नेपालगन्जका पुराना पत्रकार पुर्णलाल चुकेले फजुलरुपमा गरिने खर्च समाजसेवामा लगाउंदा पुण्य प्राप्त हुने बताए ।
पत्रकार महासंघ बांकेका पुर्व अध्यक्ष झलक गैरेले रचनात्मक कामको सबैले अनुशरण गर्नु पर्ने बताए ।
पत्रकार सिराज खान्ले सबैले आ आफ्नो उत्सव र तिथीहरुमा सामाजीक काम गर्न सके समाजको रुपान्तरणमा सहज हुने बिचार ब्यक्त गरे ।
उत्सव मनाउन आश्रम पुगेका कर्माचार्यले बृद्धबृद्धाहरुको मुस्कानमा आफ्नो माता पिताको स्मरण गराएको बताउंदै सामाजिक काम गर्न प्रेरित गर्ने अगुवाहरुलाई धन्यबाद ब्यक्त गरे ।
आश्रमका संचालक अमन सुवेदीले सडकमा बेसहारा बनेर बस्न बाध्य आश्रयबिहिनहरुको जिम्मसरकारले लिनुपर्ने बताउंदै असहाय, अशक्त, बेसहारा,अभिभावक बिहिन सडक आश्रीत मानव मुक्त समाज बनाउने सरकारको अभियानलाई आफुहरुले सफल बनाएरै छाड्ने बताए ।
निलसागर सेवा आश्रमले बांके, बर्दिया र दाङमा सडक आश्रित मानव मुक्त समाज बनाउने अभियान संचालन गर्दै आएको छ । बांकेको खजुरा, कोहलपुर र नेपालगञ्ज उपमहानगर सडक आश्रित मानव मुक्त पालिका घोषणा भई सकेका छन् भने फाल्गुन भित्र दाङका ३ वटा नगरपालिकामा घोषणाको तयारी भईरहेको सेवा आश्रमकी अध्यक्ष सरिता खनालले जानकारी दिईन ।

Next Post

डुडुवाका किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गरिने

२२ माघ २०७६, बुधबार १९:४९
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिकाका किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । किशोरीलाई रक्तअल्पता (एनिमिया) रोग हुनबाट बच्न तथा पोषक तत्वको बृद्धिका लागि योे कार्यक्रम शुरु गर्न लागिएको पालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत रहेका सामुुदायिक विद्यालयका किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गर्ने गाउँपालिका […]