भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला

सदरलाइन संवाददाता २१ फाल्गुन २०८०, सोमबार १७:५८
 

नेपालगञ्ज : बाँकेको गनापुरमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ ।

पाल्पा विकास केन्द्रको आयोजनामा विभिन्न सामाजि सञ्जाल तथा अनलाइन एवं सञ्चार गृहबाट सम्प्रेषण हुने समाचार र सुचनाहरु कतिसम्मका मिथ्या र भ्रामकसमेत हुने गर्छन् भन्ने बारे सहभागीहरुलाई सचेत गराउँदै केन्द्रका किरण कोशलले सञ्चार साक्षरता सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

मिस इन्फारमेशन, डिस इन्मफरमेशन, माल इन्फरमेशनबारे चर्चा गर्दै कौशलले मिथ्या सुचनाले लोकतन्त्र कमजोर पार्ने मात्र नभई समाजलाईनै दुषित बनाउने बताए । हरेक सुचना र समाचारमा तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत ब्यक्ति, अभियब्यक्ति, तस्विर, समय र सन्दर्भसमेत प्रष्ट हुनुपर्ने भन्दै उनले त्यस्तो सुचनामा छिट्टै विश्वास गर्दासमेत मिथ्या सुचना सम्प्रेशण गर्न अभिप्रेरित हुने जिकिर गर्दै यस्ता विषयहरुमा कुनैपनि ब्यक्ति र संस्थाले क्विक रेस्पोन्स गर्न नहुनेमा जोड दिए ।


नेपाल पत्रकार महासंघ बाँकेको उपाध्यक्ष संगीन शर्मा, स्ववियु अध्यक्षहरु देबेन्द्र बुढा, निरा चौधरी, विनय यादव र माधव खत्रीलेसमेत कार्यशालामा आफ्नो भनाई राख्दै यस्ता विषयहरुलाई अभियानका रुपमा लैजानु पर्ने बताए ।

बाँकेका विभिन्न चार कलेजका स्ववियु पदाधिकारी, पत्रकार, क्लबका प्रतिनिधी एवं महिलाहरुको सहभागितमा सम्पन्न कार्यशालाले समाचार समप्रेषण र सुचना प्रकाशनका विषयमा दिक्षित गराएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु

२१ फाल्गुन २०८०, सोमबार १७:५८
नेपालगञ्ज : बाँकेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नेपालगञ्जको कारकाँदोस्थित होटेल सिद्धार्थ भ्यु नजिकै सुर्खेतरोडमा सोमवार राती पौने १० बजे भारतको दिल्लीबाट दाङ जाँदै गरेको लु.२ ख. २१४२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकलमा सवार भारत बहराइचका ३० वर्षीय अनिल कुमार गम्भीर […]

ताजा अपडेट