त्रिभुवनचोकमा राखियो राष्ट्रीय झण्डा

सदरलाइन संवाददाता ६ कार्तिक २०७७, बिहीबार १८:४३
 

नेपालगञ्ज : नेपालगञ्जस्थित त्रिभुवनचोकमा नेपालको राष्ट्रीय झण्डा राखिएको छ । मेयर डा. धवलशमशेर राणाले चोकमा राष्ट्रीय झण्डा राखेका हुन् ।

दोश्रो जनआन्दोलनअघि उक्त स्थानमा राजा त्रिभुवनको शालिक रहेको थियो । जनआन्दोलनका बेला राजाको शालिक तोडफोड गरिएपछि हालसम्म उक्त चोकमा केही राखिएको थिएन ।


स्तम्भलाई पुनर्निर्माण गरिएपछि बिहीवार पुनः राष्ट्रीय झण्डा राखिएको हो । इतिहास मेटाउन नहुने भन्दै उक्त चोकमा राजा त्रिभुवनकै शालिक राख्ने दबाव बढ्दै गएको छ ।

Next Post

बाँकेमा ३७ जना कोरोनामुक्त भई डिस्चार्ज

६ कार्तिक २०७७, बिहीबार १८:४३
नेपालगञ्ज : बाँकेमा शुक्रवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १७ पुरुष र २० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय १५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]