डुडुवाका किशोरीलाई आइरन चक्की वितरण गरिने

२२ माघ २०७६, बुधबार १८:४३
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवाका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । किशोरीहरुलाई रक्तअल्पता (एनिमिया) रोग हुनबाट बच्न तथा पोषक तत्वको बृद्धिका लागि योे कार्यक्रम शुरु गर्न लागिएको हो ।
गाउँपालिका अन्र्तगत रहेका सामुुदायिक विद्यालयका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गर्ने गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । गाउँपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयका करीब ४ सय किशोरीहरुलाई १४–१४ हप्ताको फरकमा उक्त औषधी वितरण गर्ने लक्ष्य लिएको शिक्षा शाखा प्रमुख सञ्जय कर्णले बताए ।
औषधी वितरणलाई प्रभावकारी बनाउन गाउपालिका स्वास्थ्य शाखाद्वारा बुधवार डुडुवामा आयोजित योजना तर्जुमा गोष्ठीमा उक्त जानकारी गराइएको छ । गोष्ठीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सरकारको नीतिअनुसार यो कार्यक्रमले किशोरीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले सबै किशोरीलाई औषधी वितरण गर्न शिक्षकहरुको भूमिका प्रभावकारी हुने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकामा स्वास्थ्य सेवाअन्र्तगत विभिन्न योजना निमार्ण गरि अघि बढिरहेको बताए ।

Next Post

नेपालगञ्जमा रनिङ्ग शिल्ड प्रतियोगिता हुने

२२ माघ २०७६, बुधबार १८:४३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका प्रथम मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७६ माघ २७ गतेदेखि नेपालगञ्जमा हुने भएको छ । मंगल मावि नेपालगञ्जमा २९ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने । मेयर कपसँगै अन्तर माविस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको खेलाडी छनौटसमेत हुनेछ । […]

सम्बन्धित