दाङको रिहारमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १३:३४
 

नेपालगञ्ज : दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ रिहारमा आइतवार राती दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ प्रहरीका अनुसार बस सवार ४७ जना यात्रु मध्ये गेरुवा गाउँपालिका–१ गेरुवाका ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अन्य यात्रु घाइते नभएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी दाङले दिएको जानकारी अनुसार बसको पट्टा भाँचिएर दुर्घटना हुँदा क्याबिनमा बसेका दुई जना अगाडि हुत्तिएर च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरले शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने

८ माघ २०८०, सोमबार १३:३४
नेपालगञ्ज : कोहलपुुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँगको सहकार्यमा शैक्षिक नीति निर्माणसँगै समावेशी तथा विशेष आवश्यकता कार्यक्रम सञ्चालन गर्ने, बहुसाक्षरता कार्यक्रम सञ्चालन गर्ने, परीक्षा सञ्चालन तथा मूल्याङ्कन अभिमुखीकरण कार्य गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रम […]

सम्बन्धित