सिद्धार्थ बैंकद्वारा नेपालगञ्जमा शाखा विस्तार

२१ माघ २०७६, मंगलवार १६:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सिद्धार्थ बैंकले नेपालगञ्जमा दुई वटा शाखा विस्तार गरेको छ । बैंकले न्यूरोड र वीपीचोकमा मंगलवार शाखा विस्तार गरेको हो । यो शाखासहित सिद्धार्थको नेपालगञ्जमा तीन वटा शाखा भएको छ भने जिल्लाभरी पाँच वटा पुगेको छ ।
सिद्धार्थ बैंकका वरिष्ठ नायव महाप्रवन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा १ सय ८० वटा शाखा छन् । बैैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरेको छ । ५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर सात अर्ब बढी लगानी गरेको छ । वरिष्ठ नायव महाप्रवन्धक बुढाथोकीले ५ नम्बर प्रदेशमा निक्षेप संकलन भन्दा लगानी बढी गरेको बताए ।
नेपालगञ्जमा खुलेको नयाँ शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा, सिद्धार्थका वरिष्ठ नायव महाप्रवन्धक शेर, ५ नम्बर प्रदेश प्रमुख उपेन्द्र गड्तौलाले उद्घाटन गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाले सिद्धार्थ जनताको विश्वासिलो बैंक भएकाले पालिकाहरुसँग समन्वय गरेर दुर्गम गाउँहरुमा पुग्न सुझाव दिइन् । उनले बैंकहरुले सामाजिक उत्तरदायित्वमा जोड दिन आग्रह गरिन् ।
राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक सापकोटाले राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार उत्पादनशील र सहुलियत कर्जामा विशेष ध्यान दिन आग्रह गरे ।

Next Post

अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट विजयी

२१ माघ २०७६, मंगलवार १६:५१
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी भएको छ । ११२ रनको लक्ष्य पछ्याएको अमेरिका ७४ रनमा समेटिएको थियो । बुधवारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी विश्वकप लिग २ अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो । मुलपानी मैदानमा नेपाल […]