बाँके बर्दियामा आईरन र जिंकसहितको पोषण युक्त गहुँको बिउ खेती सुरु

२५ चैत्र २०७५, सोमबार ०७:४०
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज   :  उत्पादन लागत नै उठाउन धौ–धौ हुने बाँके र बर्दियाका गहुँखेति गर्दै आएका किसानको लागि थोरै क्षेत्रफलमा पुरानो रैथाने गहँु ठाँउमा नयाँ जातको बढि उत्पादन दिने पोषणयुक्त गहुँको बीउ उत्पादन सुरु गरिएको छ ।
परम्परागत रुपमा गहुँ खेति गर्दै आएका बाँके बर्दियाका किसानको लागि सिसा÷सिमिट परियोजना र बाँकेको ग्लोबल एग्रीटेक नेपाल प्रालि (गेट नेपाल) को संयुक्त पहलमा नयाँ जातको पोषणयुक्त गहुँका बीउ उत्पादन सुरु गरिएको हो ।
‘खाध्य तथा पोषण सुरक्षाका लागि गहुँका नयाँ बीउ’ भन्ने नाराका साथ सुरु गरिएको यो कार्यक्रममा सहभागि बाँके डुडुवा–२ का किसान राजेन्द्र बर्माले परम्परागत गाउमै पाउने विउ प्रयोग गरेर खेती गर्दा छरेको विउसमेत उत्पादन नहुने ठाँउमा परिक्षणको लागि गरिएको बोरलक १०० जातको गहुँको उत्पादन सोचेको भन्दा अत्यन्तै बढी पाएको बताए ।
उनले भने–‘अहिले ४ कठ्ठामा बोरलक १०० जातको गहु खेती गरेको छु । बालि पाक्ने बेला हुँदै छ थोरैमा पनि १० क्विन्टल गहुँ उत्पादन हुने आँकलन गरेको छु । पहिला यो खेतमा गाउघरमा पाईने रैथाने विउ छर्दा ३ क्विन्टल पनि उत्पादन मुस्किलले हुन्थ्यो जसले मेहनत, मल, बिउ र सिंचाईको खर्च पनि उठ्दैनथ्यो ।’
बाँके डुडुवा–२ का किसान ओमप्रकाश विश्वकर्माले परमपरागत जातका गहुँ खेती गर्दै आएका बाँके र बर्दियाका किसानले लगानी समेत उठाउन धौ–धौ भएको कारण गहुँ खेती नगर्ने मनस्थितिमा पुगेको अवस्थामा आएका यी नया जातका गहुँको उत्पादन बढी हुनुको साथै पोषिलो आईरन र जिंकसमेत पाईने गहुँको खेती गर्न आफुहरु उत्साही भएको बताए ।
उनले किसानको लागि थोरै लगानीमा धेरै उत्पादन हुने प्रजातिका बिउ बिजन आवश्यक भएकोले अहिले सिसा÷सिमिट परियोजना र गेट नेपालको पहलमा परिक्षणको रुपमा नयाँ जातको पोषण युक्त गहुँको बिउ खेति उत्पादनमा सहभागि भएको बताए ।
बर्दिया बढैयाताल–२ का भुवन रिजालले करिव सवा २ विगाहमा रैथाने गहुँको खेती गर्दै आएकोमा मल, विउ, सिचाई र जोताईको मुल्य नै उठाउन कठिन हुने गरेकोमा अहिले भने अवस्था बदलिएको बताए । ‘नयाँ जातको गहुँको बिउ उत्पादन कार्यक्रममा सहभागि भएर गरिएको गहुँ खेतीले उत्साह थपेको छ । लागत उठाउनै नसकिने ठाँउबाट सोचेको भन्दा बढी उत्पादन भएको छ ।’
सिसा सिमिटका कन्सल्टेन्टसमेत रहेका गहुँखेती बिज्ञ मदनराज भट्टले पोषण सुरक्षालाई मध्य नजर गरि परमपरागत खेति गरिदै आएको गहुँको बिउले भन्दा उच्च उत्पादनका साथै जिंक र फलाम तत्व युक्त गहुँका जातहरु किसानलाई खेती गर्न सिफारिस गर्ने उद्देश्यले परिक्षणमा समावेश गरीएको जानकारी दिए ।
उनले भने–‘कृषिमा पुरानो परम्पराबादी शैलीले खेती गर्दा उत्पादन पनि अत्यन्तै थोरै हुने किसान पनि संतुष्ठ नहुने भएको कारण नयाँ प्रविधि र पोषण युक्त जातको विउ यहाँको हावा पानी र माटो सुहाउदो अनुसारको गहँुको बिउ खेतीको लागि पहल गरिएको छ । सिफारिस गरिएका नयाँ जातका गहुँको बिउ प्रति हेक्टर कम्तिमा पनि ५ हेक्टरदेखि बढीमा ८ मेट्रिक टन उत्पादन हुन्छ ।’
उनले परमपरागत खेती हुदै आएका गहुँका जातको सट्टा एचडि, एनएल १३२७, जिंकोल, माईल, विएल ४६९९, विएल ४३३५, विएल ४३४१ र बोरलक १०० लगायतको ८ जातका गहुँका बिउको नमुना परिक्षणको लागि बाँके र बर्दियामा २÷२ ठाउँमा सहभागिता मुलक जातिय छनौट प्रर्दशनी गरिएको र ४÷४ कठ्ठामा बाँकेमा १२ बर्दियामा १२ र सुर्खेतमा २ गरी २६ स्थानमा बिउ उत्पादन खेती गरिएको जानकारी दिए । उनले यी सबै विउ खेती गरिएका जातमा रोग अबरोधक (ब्लास्ट रोग) प्रतिरोधक भएको बताए ।
उनले बिउ खेती गरिएको स्थानमा मुग खेती गरिने र मुग खेती गर्दा किसानलाई खाली समयमा पोषिलो दाल खानको लागि पाउनुको साथै गहुँकाटेर खाली हुने जमिनबाट आम्दानी भएर पनि धान खेती गर्दा धानको उत्पादनमा समेत बृद्धि हुने गरेको बताए ।
यसैबीच ५ नंम्बर प्रदेशको बाँके र बर्दियामा परीक्षणको लागि गरिएको पोषण युक्त जिंक र आईन तत्व समावेश भएका विभिन्न जातका गहुँको बिऊ खेतिको स्थानीय जनप्रतिनिधि, कृषि ज्ञानकेन्द्र, गहुँबालि बिज्ञ, बिउ उत्पादन कम्पनीका व्यवस्थापक र अगुवा कृषकलगायतले स्थलगत अध्ययन अवलोकन गरेका छन । राजधानी दैनिकबाट

Next Post

धरानमा बस पल्टिँदा ४ जनाको मृत्यु

२५ चैत्र २०७५, सोमबार ०७:४०
सदरलाइनडटकम, सुनसरी : धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । बस पल्टँदा च्यापिएर मृत्यु […]