एसईई र कक्षा १२ को परीक्षा स्थगित

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार ११:१७
 

नेपालगञ्ज : माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा परीक्षा गर्न नसकिने भन्दै अनिश्चितकाल सम्मका लागि स्थगित गरेको हो ।

सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकाल्दै स्थगित गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।


एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ बाट सुरु गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । अध्यक्ष पौडेलका अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन ।

’कोरोना कम भएपछि परीक्षा नै गर्ने हो गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो

२७ बैशाख २०७८, सोमबार ११:१७
नेपालगञ्ज : बाँकेमा उपचाररत थप ३ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुलरिया ७ बर्दियाकी ४६ बर्षीया महिला, बर्दिया बाँसगढी नगरपालिकाका ६८ बर्षीय पुरुषको गएराती क्रमश १० बजे र ११ः५० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । त्यस्तै नेपालगञ्ज १९ […]