सिरियालीको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु

२० माघ २०७६, सोमबार १४:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सिरियाली सरकारले सोमवार गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिरियाली सैनिकले गरेको यस गोलाबारीका टर्कीका सेनाले प्रतिकार गरेको बताइएको छ । सिरियाली सरकारद्वारा जारी आक्रमणहरुलाई रोक्नको लागि टर्कीमा १२ वटा पर्यवेक्षण पोष्ट रेहका छन् । यी पोष्टहरु टर्की र रुसबीच भएको सम्झौताको एक हिस्सा पनि हो ।
उक्त पर्यवेक्षण पोष्टहरूमा टर्कीले थप सेना पठाएको स्थानीय सेनाले आइतबार समाचार प्रकाशन गरेपछि सिरियाली सरकारको तर्फबाट सो गोलाबारी भएको बताइएको छ । दमासकसका शासकहरुले टर्की्विरुद्ध यस प्रकारका प्रहार गर्दा सिरियाको विरुद्ध सैन्यशक्ति प्रयोग गरिने टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले गत हप्ता चेतावनी दिएका थिए । टर्कीमा हाल ३५ लाख भन्दा बढी सिरियाली शरणार्थी रहेका छन् ।
इद्लीबमा नयाँ हिंसाबाट अन्य थप शरणार्थी आगमनको डर रहेको बताइएको छ । लाखौँ सिरियाली शरणार्थी प्रायः टर्की र सिरियाको सीमातर्फ भागेका छन् । टर्कीले सिरियाको सीमा क्षेत्रमा शरणार्थीहरुलदाई आश्रय दिन घरहरू बनाउँदै गरेको एर्डोगानले यसअघि नै बताएका थिए । (एजेन्सी)

Next Post

पारदर्शिता र जवाफदेहितामा खजुराको जोड

२० माघ २०७६, सोमबार १४:४५
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड दिएका छन् । उनले स्थानीय तह सञ्चालन ऐन २०७४ मा टेकेर सेवा प्रवाह गरिरहेको बताए । खजुरा गाउँपालिकाको सहयोगमा सोमवार प्याक्ट र बासले आयोजना गरेको स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत अध्ययनका परिणाम र […]