बाँकेसहित देशभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदै

२७ श्रावण २०७५, आईतवार १३:०८
 

सदरलाइनडटकम नेपालगन्जः अन्तर्राष्ट्रिय युवा दिवस आइतवार बाँकेसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २००४ बाट मनाउन शुरु गरिएको दिवसको ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारा रहेको छ । दिवसका अवसरमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदैछ ।
संयुक्त राष्ट्र संघले सन् २००० देखि यो दिवस मनाउन शुरु गरेको थियो । सन् १९९९ मा राष्ट्रसंघले युवाका समस्यालाई सम्बोधन गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट १२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको थियो । सन् २०१० मा विश्व युवा सूचकांकमा नेपाल १४५औं स्थानमा रहेकोमा सन् २०१६ मा ७७ औं स्थानमा परेको छ ।

Next Post

खोलाले बगाउँदा दाङमा दुईको मृत्यु

२७ श्रावण २०७५, आईतवार १३:०८
सदरलाइनडटकम तुल्सीपुर (दाङ)ः खोलाले बगाउँदा दाङमा दुई जनाको मृत्यु भएको छ । ग्वारखोला तर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँका ४५ वर्षीय पर्शुराम चौधरीको मृत्यु भएको हो । तुलसीपुर १६ जगदा गाउँका आफन्तीको घरबाट फर्कने क्रममा उनलाई शनिवार बेलुकी खोलाले बगाएको थियो । प्रहरीका अनुसार चौधरीको शव आइतवार विहान भेटिएको हो […]