धर्मनिरपेक्षता खारेजीको माग गर्दा लाठी चार्ज

६ बैशाख २०७६, शुक्रबार १८:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शुक्रवार बाँके र बर्दियासहित देशभरमा धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाइएको छ । राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा लगायतको सहभागितामा धर्मनिरपेक्षता लेखिएका ब्यानर र प्लेकार्ड बाँकेमा जलाइएको नेता ऋषिराज देवकोटाले जानकारी दिए । सो क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको देवकोटाले बताए । राप्रपा धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रय कायम गर्नुपर्ने पक्षमा संघर्षरत छ ।
उता बर्दियामा राप्रपाका नेता, कार्यकर्ताहरुले सडकमा ओर्लेर धर्मनिरपेक्षताको व्यानर जलाउँदा प्रहरीले हसतक्षेपका साथै लाठी चार्ज गरेको छ । लाठी चार्जबाट गुलरियामा केही कार्यकर्ता घाईते भएका छन् ।
राप्रपा बर्दियाका अध्यक्ष बलदेव शर्मा, केन्द्रीय सदस्य राजविक्रम शाहको नेतृत्वमा निस्किएको विरोध र्याली राधाकृष्ण चौक पुगेर व्यानर जलाउँदा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप गर्दै बलप्रयोग गरेपछि पार्वती लम्साल र सुकदेव शर्मालगायत चार जना घाईते भएको र चेतराज न्योपानेलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपा बर्दियाले जनाएको छ ।

Next Post

सहभोजपछि नरैनापुरका दलित उत्साहित

६ बैशाख २०७६, शुक्रबार १८:२२
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् । सहभोज गरिएको दुई दिन नबित्दै शुक्रवार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद […]