सदरलाइनडटकम
२३ माघ, टीकापुर : सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको दुई दशक पुरा भएको अबसरमा देशैभरका शाखाहरुको माध्यामबाट बिभिन्न रचनात्मक कार्यक्रम गरेको छ । २० औ बार्षिक उत्सबको अबसरमा गु्रपले कैलालीको बलचौर मा रहेको अनाथालयमा रहेका ११ जना अनाथ बालबालिकालाई खाना खुबाउनुका साथै ३ महिनालाई पुग्ने चामल सहित दाल, तेल लगायतका खाद्यान्न तथा त्रिपाल लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ ।
त्यसैगरी गु्रप अन्र्तगतको सामाजिक संस्था साकारले दुबै मृगौलामा गम्भीर सम्मस्या उत्पन्न भई काठमान्डौको टिचिङ अस्पतालमा उपचार गराई रहेका बिरामी बसन्त कुबरलाई नगद २० हजार ५ सय १ रुपैया सहयोग गरेको जनाएको छ ।
गु्रपको काठमाण्डौको तीनकुने शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा गु्रपका कर्मचारी, पाहुन तथा लगानीकर्ताहरु गरी ३३ जनाले रक्तदान गरेका थिए । सुर्खेतको बीरेन्द्रनगरस्थित देउती बजैको मन्दिरमा सरसफाई गर्नुका साथै मन्दिरलाई फोहर ब्यबस्थापनमा सहयोग पुराउनका लागि डष्टबिन बाल्टिनहरु उपलब्ध गराएको छ ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत, बुटबल, चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल, रिसोट, टे«ड, इष्ट्रिच्युट र सहकारी गरी २० वटा शाखाहरु रहेका छन ।
२० औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुहरुले आफ्ना गेष्टहरुलाई केक खुबाएर स्वागत गरेका छन । गु्रपले बार्षिक उत्सबकै अबसरमा तीन दिन सम्म सबै शाखाहरुमा फुड र बेबरेजमा २० प्रतिशत छुट दिएको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।