सेनाद्वारा नेपाल प्रहरीलाई ३०० नाल हतियार हस्तान्तरण

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार १३:१४
 

काठमाण्डौ : नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेको छ । सोमबार जंगी सेनाको अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ जेष्ठ १७ गतेको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने भएको नेपाली सेनाले जनाएको छ ।


उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजनाअनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने पनि सेनाले जनाएको छ । उपलव्ध गराईएका हतियारहरुको मेन्टिनेन्स तथा अप्रेसन तालिमसमेत सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गरिनेछ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।

हतियार हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी श्री प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

२१ असार २०७८, सोमबार १३:१४
बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जगंलमा झ्यांक्रा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो । नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३–८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण […]