सदरलाइनडटकम,
दाङ : कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डे पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद फैसला गरेको थियो । अदालतले दोषी ठहर गर्दै कैद सजाय फैसला गरेदेखि उनी फरार रहँदै आएका थिए ।
लुकीछिपी बसेको अवस्थामा मंगलवार बिहान तुलसीपुर बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कैद भुक्तानका लागि उनलाई अदालत उपस्थित गराइएको प्रहरीले बताएको छ ।
