कोरोना भाइरसका कारण चीनमा मृतकको संख्या १०६ पुग्यो

१४ माघ २०७६, मंगलवार १६:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना भाइरसका कारण चीनमा १ सय ६ जनाको मृत्यु भएको छ । भाइरसका कारण चार हजारभन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन् ।
दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।
विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अहिलेसम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको छ । अमेरिकामा पनि यसको सक्रमण फैर्लिपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुनर्विचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।
अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन् । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । (एजेन्सी)

Next Post

प्रतीपक्षीय मित्र गुमाउँदा दुःखी छु : मुख्यमन्त्री पोखरेल

१४ माघ २०७६, मंगलवार १६:४२
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिको आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलका नेता तथा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको निधनमा नेपाली कांग्रेस संसदीय दल, प्रदेश ५ ले मंगलवार बुटवलमा गरेको श्रद्धाञ्जलीसभामा उनले प्रतीपक्षीय मित्र गुमाउँदा दुःखी भएको […]

सम्बन्धित