सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन

१२ माघ २०७६, आईतवार १६:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन् । सभाको अध्यक्षता गरेका महन्त ठाकुरले सभामुखमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरे ।
पूर्वसभामुख तथा नेकपामा नेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने नेकपा नेताहरु देव गुरुङ, ओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

सापकोटाको संक्षिप्त विवरण :
जन्म मिति र थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न.पा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यताः स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभवः
१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र पार्टीको नामः
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)


राजकीय जिम्मेवारी :
वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याएर निर्वा्चित। देशभरि सर्वा्धिक मत ल्याउने सातौं उम्मेद्वार। संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशील।
वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री
वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एक मात्र सांसद।
वि.सं. २०७२ –नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
वि.सं. २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीन पटक संसद सदस्यमा विजयी

संक्षिप्त राजनीतिक जीवन :
वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन),
वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
वि.सं. २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,
वि.सं. २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वा्चित
वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी
वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते
वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य
वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१ – विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
वि.सं. २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

Next Post

तराईको मौसम विस्तारै खुल्ने क्रममा

१२ माघ २०७६, आईतवार १६:३७
सदरलाइनडटकम, काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसम अहिले आशिंक बदली भएको छ । मौसम बदली भए पनि काठमाण्डौसहित मध्य र पश्चिममा आइतबार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पूर्वी पहाडी भेगको एक, दुई ठाउँमा हल्का पानी र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको […]