रूकुम पश्चिममा टेलिकमको टावरमा खराबी

सदरलाइन संवाददाता २९ चैत्र २०७८, मंगलवार १३:५०
 

नेपालगञ्ज : रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा जाजरकोटको पूर्वी क्षेत्र, आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भागका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

सेवा अवरुद्ध हुँदा यस क्षेत्रका हजारौं सेवाग्राही मर्कामा परेका छन् । डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले दुई दिनदेखि सेवा अवरुद्ध भएको जानकारी दिए । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली मंगलवार पठाउने बताएको छ ।


जाजरकोटको पूर्वमा टावर भएपनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बोल्दाबोल्दै आवाज काटिने समस्या रहेको जाजरकोटको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अकाशियो दैनिक उपभोग्य वस्तुको मूल्य

२९ चैत्र २०७८, मंगलवार १३:५०
नेपालगञ्ज : पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । सरकारी तथ्याङ्कले मूल्यवृद्धि बढेको देखाएको हो । नेपाल राष्ट्र बैंक मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । गत फागुनमा […]