सन्दर्भ १३६ औं क्षयरोग दिवस : धामी, झाँक्री अनि रोगको पहिचान

१० चैत्र २०७४, शनिबार १६:३५
 

सदरलाइन / कमल डाँगी
१० चैत, नेपालगन्ज  : ‘धामी, झांँक्री गर्दागर्दै मेरो भएको सम्पत्ति सकियो तर, पनि रोग पत्ता लागेन नेपालगन्जका अस्पताल पनि धाए त्यहा“ उपचार गर्दा पनि ऋण नै थपियो तै पनि उपचार भएन’–सल्यान थारमारेका धनबहादुर डाँगीले समयमै क्षयरोग पहिचान नहुँदा आफुले भोगेको पीडा सुनाउँदै भने ।
भरतमा मजदुरी गर्न जाँदा क्षयरोग भए पनि महिनौसम्म आफ्नो रोग पहिचान नभएको उनले बताए । ‘पछि टिवी अस्पतालमा रोग परिक्षण गरेपछि पत्ता लाग्यो ।’ नेपालगन्जस्थित टिवी अस्पतालमा उपचार गराइ रहेका डाँगीले भने,–‘अहिले नया“ जिवन पाएको महसुस भएको छ ।’ समयमै रोग पहिचान नहुँदा धेरै क्षयरोगीहरुले अकालमै ज्यान गुमाइ रहेका छन् । अधिकांस सबै सम्पत्ति बर्बाद भएपछि मात्र भरपर्दो स्वास्थ्य संस्थामा उपचारका लाग जाने गरेको टिबी अस्पतालका इन्चार्ज प्रेम केसीले बताए ।
‘समयमै उपचार गर्न पुगेकाहरुले यस्तो पीडा भोग्नुपर्दैन’–उनको भनाई छ । शनिबार बिश्वभर १३६ औं बिश्व क्षयरोग दिवस मनाएको छ । यसै क्रममा बाँके जिल्लामा पनि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बिभिन्न कार्यक्रम गरेको छ । शनिबार बिहान बहृद अन्तरक्रिया र त्यसपछि टिबी अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले समयमै अ‍ौषधि सेवन गरेर हेलचेक्राई नगर्ने हो भने क्षयरोग सामान्य जस्तै रोग सम्झिए पुग्ने बताए ।
बाँके जिल्लामा ४३ जना बालबालिकामा क्षयरोग देखा परेको छ । बृद्धबृद्धालाई मात्र क्षयरोग हुने आमबुझाई भए पनि यो रोगले बालबालिकालाई समेत च्याप्ने देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा ३ सय ५६ महिला र ५ सय ५७ जना पुरुषले यस सम्बन्धी उपचार लिएका थिए ।
त्यस मध्ये ३ सय ६ महिला र ४ सय ५७ जना पुरुष नया“ खकार पोजिटिभ सर्ने खालको बिरामी भेटिएका थिए । पुन रोग बल्झिएका ३३ महिला र ७४ पुरुष गरेर १ सय ७ जना थिए । जस मध्ये ४३ जना बालबालिका रहेको जनस्वास्थ्यको तथ्यांक छ । बालबालिकालाई क्षयरोग परिक्षण गर्दा सुक्ष्मरुपमा अध्ययन गर्न आबश्यक रहेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले यसमा सचेतना अपनाउन आबश्यक रहेको उल्लेख गरे । बाँकेमा आर्थिक वर्ष २०७२/०७३ मा ३२ क्षयरोगीको उपचारका क्रममा निधन भएको थियो ।   

Next Post

मोटरसाईकल मोडिफाई गर्ने प्रहरी नियन्त्रणमा

१० चैत्र २०७४, शनिबार १६:३५
सदरलाइनडटकम १० चेत, नेपालगन्ज : नेपालगन्जमा मोटरसाईकल मोडिफाई गरी स्वरुप विगार्दै ध्वनी प्रदुषण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाईकल र मोडिफाई गर्ने व्यक्ति नियन्त्रयामा लिएर अनुसंधान सुरु गरेको छ । प्रहरीकोे सडक सुरक्षा जाँच टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ बेलासपुरमा चेकजाँच गर्ने क्रममा मोटरसाईकललाई नियन्त्रणमा लिएको हो । […]