करेन्ट लागेर बाँकेमा बाबु–छोराको मृत्यु

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १३:५५
 

नेपालगञ्ज : नेपालगञ्जमा शनिवार करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का करिब ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।


छोरा बब्लुलाई अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेपछि बचाउन खोज्दा बाबु परसुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूलाई नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा बाबु र छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढैयातालमा नदीमा डुबेर २ बालकको ज्यान गयो

४ भाद्र २०७९, शनिबार १३:५५
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेको प्रहरीले जनाएको छ । बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई बालकको शव नदीबाट निकालिएको हो […]