शोक प्रस्ताव पारित गर्दै प्रदेश ५ को बैठक स्थगित

१२ माघ २०७६, आईतवार १६:२७
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं. ५ को प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आइतवार स्थगन भएको छ । प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै अनुभवी राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपुरणीय क्षति भएको उल्लेख गरे ।
प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित विपक्षी दलका नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको जनाउँदै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
विसं २०१४ मा नेपाली काङ्ग्रेसमा आवद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गरका र भूमिगत राजनीतिक जीवनसमेतको अनूभव हासिल गर्नुभएका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशिल भएको बताइएको छ । उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो ।

Next Post

सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन

१२ माघ २०७६, आईतवार १६:२७
सदरलाइनडटकम, काठमाण्डौ : प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन् । सभाको अध्यक्षता गरेका महन्त ठाकुरले सभामुखमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरे । पूर्वसभामुख तथा नेकपामा नेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने नेकपा नेताहरु देव गुरुङ, ओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन […]