बैजनाथको वडानं. १ साक्षर वडा घोषित

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १९:२७
 


बैजनाथ (बाँके)  : बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाको सबै वडाहरुलाई साक्षर घोषणा गरिएको छ । बुधबार बैजनाथ गाउँपाकिलाले वडान १ लाई साक्षर घोषणा पश्चात बैजनाथका सबै वडाहरु साक्षर घोषणा भएका हुन ।

साक्षर घोषणा मापन औषत मुल्याङकन ९५.५ माथी हुनुपर्छ र त्यसैको आधारमा साक्षर घोषणा गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए । उनले भने–‘कुनै पनि कुरा पूर्ण हु्न सक्दैन भए राम्रो होे । तर, आधार र मुल्य र मान्यतालाई आत्म अनुसरण गरी साक्षर अभियान सञ्चालन गरेका छौँ । अब बैजनाथ गाउँपालिका भित्र शिक्षाबाट कोही पनि बन्चित हुने छैन र हुन पनि दिने छैन ।’

यसैगरी कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले कोरना संक्रमण फैलिने अझै सम्भावनालाई मध्यनजर गर्दै केही संख्यामा रहेर वडालाई साक्षर वडा घोषणा गरेको बताईन । उनले बैजनाथको वडा न १ लाई साक्षर वडा घोषणा गर्नको लागि महत्वपूर्ण अभियानमा जोडिनु नै यस कार्यक्रमको मुख्य उपलब्धी रहेको बताइन् ।


बृह्त रुपमा साउन भित्र पालिका स्तरीय कार्यक्रम गर्दै पूर्ण रुपमा गाउँपालिका साक्षर घोषणा गरिने शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिए ।

कार्यक्रमा स्थानीय राजनीतिक दलका प्रतिनिधि समाजसेवी लगाएतले आ–आफ्नो धारणा राखेका थिए । यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले स्वागत मन्तव्य राखेका थिए भने वडा न १ का अध्यक्ष रुपबहादुर मल्लको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको वडा नं. १८ मा बुद्ध बाटिका उद्घाटन

३० असार २०७८, बुधबार १९:२७
नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिका वडानं १८ मा सोल्टी होटेल र भुजाईगांव जाने चौबाटोको चौकमा बुद्ध बाटिका सहितको बुद्ध चौकको एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष दिपक बर्माले उद्घाटन गरेको सो बाटीका वडाको बजेटबाट निर्माण गरिएको हो । सो बुद्ध बाटिकाको लागत नौ लाख ५० हजार रहेको वडा […]

सम्बन्धित