घाइतेको उपचारका लागि कोहलपुरमा सरोकारवालाविच छलफल

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १३:५३
 

कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानीय सरोकारवाला विच भूकम्प पिडितहरुका घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय गरिएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारी, सन्जु कुमारी चौधरी, बाँके जिल्ला समन्वय समितिकी उप संयोजक सिता कार्की, कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य, उप मेयर संगिता सुवेदी लगायतले अस्पतालको तयारीबारे अस्पताल प्रशासनसँग आवश्यक समन्वय गरेका छन् ।


अस्पतालका कार्यकारी निर्देशक सुनिल सिह उप निर्देशक प्रा.डा दिनेश श्रेष्ठ, जनप्रतिनिधि, चिकित्सक, कर्मचारी लगायत भूकम्पमा घाइते भएकाहरुलाई कोहलपुरमा के कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको अस्पतालका सूचना अधिकारी संन्जय कुमार पन्तले जानकारी गराएका छन् ।

उक्त छलफलमा अस्पतालका प्रशासनले हालको तयारी अवस्था बारे जानकारी गराएको पन्तले जानकारी गराए । एक सय जनाको उपचार गर्न सक्ने गरी तयारी गरिएको अस्पतालका निर्देशक डा. सुनिल सिहले जानकारी गराएका छन् । यसैविच कोहलपुरमा जाजरकोटबाट कर्ण बहादुर अधिकारी वर्ष ५२ का खुट्टामा चोट लागेर उपचारका लागि आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पबाट घाइते १८ जनाको भेरी अस्पतालमा उपचार शुरु

१८ कार्तिक २०८०, शनिबार १३:५३
नेपालगञ्ज : जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्स र हवाइजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो । उपचार गराइरहनु भएकाहरुमा ४८ वर्षीय विमलकुमार कार्की, भेरी नपा ३ जाजरकोट, २२ वर्षीया ईशा शाह जाजरकोट […]