प्रधानमन्त्री ओली पुगे कोस्टारिका

१४ आश्विन २०७५, आईतवार १५:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका पुगेका छन् । राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणका लागि उनी त्यहाँ गएका हुन् ।
उनलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरिन् । प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

Next Post

इण्डोनेशियाको भूकम्पमा मर्नेको संख्या आठ सय बढी

१४ आश्विन २०७५, आईतवार १५:४८
सदरलाइनडटकम, काठमाण्डौ : इण्डोनेशियाको सुलावेसी टापुमा शुक्रवार आएको शक्तिशाली भूकम्प र त्यसपछि आएको विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ । स्थानीय अधिकारीहरुले आइतवार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको र मृतको संख्या अझै बढ्ने बताइएको छ । इण्डोनेशियाका उपराष्ट्रपति जुसुफ कल्लाले […]

सम्बन्धित