सदरलाइनडटकम,
बैतडी : बैतडीमा एक जना वडाध्यक्षको निधन भएको छ । बैतडीको डिलाशैनी गाउपालिका वडा नं. ४ का अध्यक्ष परमल सिह बोहराको निधन भएको हो । बिगत २ वर्षदेखि फोक्सोको क्यान्सरका बिरामी रहेका वडाध्यक्ष बोहराको सोमवार निधन भएको हो ।
उपचार गराइरहेका बोहराको ६२ वर्षको उमेरमा निधन भएको वडा सदस्य हरीदत्त पन्तले जानकारी दिए । स्थानिय तहको निर्वाचनमा बोहरा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
