अपांगता भएकालाई विपदबाट हुने क्षति न्युनीकरणमा जोड

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार १५:४७
 

कोहलपुर (बाँके) : अपांगता भएका व्यक्तिहरुले विपदबाट हुने क्षति सकेसम्म व्यहोर्न नपरोस् भन्नका लागि स्थानीय सरकारले पूर्व योजना बनाउन जरुरी रहेको देखिएको छ ।

सिविएम ग्लोबलको आर्थिक सहयोगमा अपांग सशक्तिकरण एवम् सञ्चार केन्द्र डेक नेपालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति, विपदसँग सम्वन्धित व्यक्तिहरुलाई सोमवार कोहलपुरमा भेला गराएर अपांगता भएका व्यक्तिहरु विपदमा कसरी जोखिममा पर्छन् भन्नेबारे जानकारी गराएको हो ।

आगलागी, भूकम्प, हिमपहिरो, बाढी र डुवान तथा महामारी जस्ता विपदबाट अपांगता भएका व्यक्तिहरुमा हुन सक्ने जोखिम र त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी रहेको डेकका कार्यक्रम संयोजक जीवन गिरीले बताए । स्थानीय सरकारले विपदबाट हुने क्षति न्यूनीकरणका लागि सकेसम्म अपांगता भएकै व्यक्तिहरुलाई सहभागी बनाएर योजना बनाउनु पर्ने उनको भनाई थियो ।


नेपाल राष्ट्रिय अपांग महासंघका निवर्तमान महासचिव राजु बस्नेत र निर्मल भण्डारीले सहजीकरण गरेको अपांगता समावेशी विपद जोखिम तथा न्यूनीकरण सम्वन्धि उक्त तालिममा भएका नीतिगत कुराहरुलाई समेत सबैले व्यवहारिकरुपमा कार्यान्वयनमा लैजानुपर्ने निवर्तमान महासचिव बस्नेतले बताए ।

अपांगता भएका व्यक्तिहरुले विपदमा कसरी जोखिममा पर्छन् भन्ने कुरालाई चित्रित गरेको दिइएको तालिममा सहभागी जनप्रतिनिधिहरुले विपद जोखिम तथा न्यूनीकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम ‘ईंगेज’ परियोजना सम्पन्न

४ पुष २०७९, सोमबार १५:४७
  नेपालगञ्ज : विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरीलाई पुन विद्यालयमा पठाउने उद्देश्यले बाँकेमा सञ्चालनमा रहेको किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम ‘ईंगेज’ परियोजना सम्पन्न भएको छ । बाँकेका ३ स्थानीय तह तथा पर्सा र सर्लाहीको २÷२ पालिकामा सञ्चालनमा रहेको सो परियोजना युकेएडको आर्थिक सहयोग तथा भिएसओ नेपाल र […]