साझा प्रजातान्त्रिक समुहबाट रौनियारको नेतृत्वमा मनोनयन दर्ता

२६ पुष २०७६, शनिबार १८:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनको लागि मा ललित कुमार रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले मनोनयन दर्ता गरेको छ ।

समूहको प्रचार सचिवालयबाट निस्केको र्यालीमा उम्मेदवारका साथमा उद्योगी, व्यावसायी, नेपालगञ्ज उपमहानगरपालिका मेयर उपमेयर सहितको सहभागिता रहेको थियो ।

साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी  समूहको  तर्फबाट अध्यक्षमा ललित कुमार रौनियारको उम्मेदवारी दर्ता भएको छ । समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी दर्ता भएको छ ।


यस्तै सदस्य पदमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारको मनोनयन दर्ता भएको निर्वाचन प्रचार प्रसार सहसंयोजक बीरेन्द्र कुमार रावतले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्न जाने क्रममा निकालिएको ¥यालीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा, वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना तथा व्यापारी नेताहरु सुनिल कुमार शर्मा, गोपाल अधिकारी, याकुव अन्सारी, प्रदिप गुप्ता, रमेश गुप्ता, बिष्णु लामिछाने लगायतको सहभागीता रहेको थियो ।फोटो : सामाजिक सञ्जालबाट

Next Post

नेपालगञ्ज कारागारमा ‘सेटिङ्ग’मा चौकिदार बनाईदै

२६ पुष २०७६, शनिबार १८:०१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज कारागारमा लामो समयदेखि चौकिदार चयन हुन सकेको छैन । तत्कालिन चौकिदार भरत फडेरालाई आर्थिक अनियमितताको आरोप लागेर अन्य कारागार सरुवा भएपछि नयाँ चौकिदार चयन हुन नसकेको हो । कारागारमा रहेका बन्दी र थुनुवाले तत्कालिन जेलर भरतराज पाण्डे र चौकिदार फडेराको मिलेमतोमा कैदीबन्दी र थुनुवामाथि चरम आर्थिक […]