बर्दिया युनेस्को क्लब टपरा गठन

सदरलाइन संवाददाता १० पुष २०७८, शनिबार १२:०७
 

बर्दिया : बर्दियामा सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ ।

राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

क्लबको तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा रामबहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राजकुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ ।


सो अवसरमा अतिथिको रुपमा रहेका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त गर्दै सो क्लबले सो क्षेत्रमा उल्लेखनीय सामाजिक काम गर्ने विश्वास व्यक्त गरे ।

उनले जसरी राजापुर क्षेत्र बर्दियामा सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यो क्लबले यस क्षेत्रको सर्वागिण विकास र चेतनाका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले नवगठित बर्दिया युनेस्को क्लब टपराका पदाधिकारीलाई टिका लगाएर सम्मान गर्दै यो क्लबबाट यस क्षेत्रका जनताले धेरै कुरा पाउने आशा राखेको बताए ।

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर लगायतले पनि बर्दिया युनेस्को क्लब टपरा गठन भएकोमा बधाई तथा शुभकामना दिएका थिए । बर्दिया युनेस्को क्लब टपराका अध्यक्ष भिमसेन चौधरीले युनेस्को क्लबहरुको गर्विलो इतिहास र कार्यलाई मार्गचित्रका रुपमा अंगालेर अगाढी बढ्ने प्रतिवद्धता सो अवसरमा जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटेलमा नास्ता खाने क्रममा कैदी भागेको खुलासा

१० पुष २०७८, शनिबार १२:०७
नेपालगञ्ज : अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ । घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबार नै लगिसकेको छ । जिल्ला प्रहरी प्रमुख एसपी […]